`

परराष्ट्रमन्त्री श्रेष्ठ र सीपीसीका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता

Nepal One HD १२ चैत २०८० १९:५६
राजनीति

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी समिति सदस्य वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

सोमबार परराष्ट्रमन्त्री श्रेष्ठ र सीपीसी नेता वाङबीच भेट भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको छ । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

वाङ चीनको सरकारलाई सल्लाह दिने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष समेत हुन् । श्रेष्ठले मंगलबार समकक्षी वाङ यीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया