`

केजरीवाललाई अप्रिल १५ सम्म थुनामा राख्न अनुमति

Nepal One HD १९ चैत २०८० १४:३३
विश्व

अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अप्रिल १५ सम्म थुनामा राख्न अनुमति दिएको छ । दिल्लीको राउज एभिन्यू अदालतले सोमबार उनलाई थप १५ दिन थुनामा राख्न अनुमति दिएको हो । यसअघि अकेजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।

ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको दाबी गरेको थियो । केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २१ मा पक्राउ गरिएको थियो।


प्रतिक्रिया