रवि लामिछाने गृहमन्त्री बनेपछि छानविन प्रक्रिया नै रोकिएको कांग्रेसको आरोप


काठमाडौँ / नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडान यथावत राखेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाउदै संसदीय समिति गठन गर्नुपर्ने माग राखेका हुन् ।
बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले गृहमन्त्रीका बिषयमा निष्पक्ष छानविन गर्न संसदीय छानविन समिति गठनको बिकल्प नभएको बताए । उनले सहकारी प्रकरणमा निष्पक्ष छानविनका लागि सहयोग गर्न गृहमन्त्रीलाइ सुझाव पनि दिए । त्यस्तै सांसद यादवले यसअघि सहकारी प्रकरणमा सरकारकाले छानविन गर्ने तयारी गरेपनि रवि लामिछाने गृहमन्त्री बनेपछि छानविन प्रक्रिया नै रोकिएको आरोप लगाए ।
उनले सरकारका कारण सरकारबाटै अनुसन्धान प्रभावित भएको त्यसले विश्वासको संकट उत्पन्न भएकाले कांग्रेसले निरन्तर संसदीय छानविन समितिको माग उठाइरहने स्पष्ट पारेका छन् ।