निर्वाचनमा एक्लै बहुमत ल्याउन कांग्रेस कम्मर कसेर लाग्नुपर्छः सभापति देउवा
राजनीति
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न आग्रह गरे ।
उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लाग्नुहोस । आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ । त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु ।’
आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
