जसपाद्वारा मन्त्रीका लागि तीन जनाको नाम सिफारिस
प्रमुख खबर
काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री सिफरिस गरेको छ ।
जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
पार्टीका सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस भएका बताइएको छ ।
यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहने जसपाले बताएको छ । झाको मन्त्रालय भने टुंगो लागेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
