`

कोसीका मुख्यमन्त्रीले पाए विश्वासको मत

Nepal One HD ३१ वैशाख २०८१ १५:४३
प्रमुख खबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा रहेको सदस्यमध्ये ५७ जनाले उनको विश्वासमा मत दिएका हुन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आजको प्रदेश सभा बैठक बहिसकार गरेको थियो ।

काकीको विपक्षीमा शुन्य मत परेको थियो । प्रदेशसभाका ५ जना सदस्य भने तटस्थ बसेका थिए । कुल ९३ सदस्यीय प्रदेश सभामा ६२ जना सदस्य उपस्थित थिए ।


प्रतिक्रिया