नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा वरिष्ठ उपरीक्षक कार्की
समाचार
काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्की चयन हुनुभएको छ । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
