`

सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

Nepal One HD २१ जेठ २०८१ १३:४०
समाचार

काठमाडौं / जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएपनि दलीत समूदायले भने काठमाडौंमा खवरदारी र विरोध सभा गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाएका छन् । राष्ट्रिय स्तरमा दिवस नमनाएर दलिय समूदायलाई सरकारले वेवास्ता गरेको भन्दै आफुहरुले विरोध स्वरुप माइतिघरमा प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले मानवता विरोध जात व्यवस्था मुर्दावाद, पूर्ण समानुपातीक व्यवस्था लागू गर, दलित अव चूप छैन, विभेदकारीको अघि झुक्दैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएपनि व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको अन्त्य भने हुन नसकेको अधिकारकर्मीहरुको भनाइ छ ।


प्रतिक्रिया