`

बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको छ : सांसद वाग्ले

Nepal One HD २२ जेठ २०८१ १५:३७
अर्थ समाचार

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन् ।

संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरु खोलेको र यसअघि बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिएका हुन् ।

आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक बर्ष बजेट बढाउदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे ।

उनले बजेटको आकार केहि बढेको देखिएपनि जिडिपीको अनुपातमा यसबर्षको बजेट घटेर आएको बताए ।


प्रतिक्रिया