`

आर्थिक रुपान्तरणको घोषणा भएपनि बजेट कार्यान्वयन चुनौतीपूर्णः सचिव विष्ट

Nepal One HD २२ जेठ २०८१ १६:५१
अर्थ समाचार

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेटले आर्थिक रुपान्तरणको घोषणा गएको भए पनि कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । मंगलबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले  बजेटमा नयाँ आर्थिक सुधारको उद्घाोष गरिए पनि त्यो स्पष्ट नभएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो कसका लागि ? असमान आय घटाउन, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन, उत्पादन वृद्धि, राष्ट्रिय पूँजी वृद्धि, रोजगारी सृजना र गरिबका लागि वा उदारीकरणका बाँकी काम कार्यान्वयन गर्न ?’

उनले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्र छुट्याइनु सकारात्मक रहे पनि  कार्यक्रम र विनियोजन समुचित नभएको टिप्पणी गरे । ‘बजेटमा कृषि लगानी दशक, सूचना प्रविधि दशक, महिलामा लगानी वर्ष भनिए पनि सम्बन्धित क्षेत्रमा विनियोजन घटेको अवस्था छ, यसले लक्ष्य प्राप्त गर्न कठिन छ’, उनले भने ।

        बजेटले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको भए पनि पर्यटन पूर्वाधारमा लगानी नबढ्नुले आशङ्का बढाएको उनको भनाइ थियो ।

‘भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको योजना बजेटमा आउन सकेन, यसले आशङ्का बढाएको छ’, उनले भने ।

उत्पादनमूलक क्षेत्रमा लागनी वृद्धि नभएसम्म आर्थिक वृद्धि सम्भव नहुने भन्दै उनले खर्च गर्ने विधि, आयोजनामा न्यून विनियोजन तथा खर्च प्रणालीमा सुधार ल्याउन ध्यानाकर्षण गराए ।


प्रतिक्रिया