`

पाइलट भावना पन्तको उडान निलम्बन फुकुवा

Nepal One HD २९ जेठ २०८१ १७:१६
प्रशासन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाइएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, “पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उनको उडान निलम्बन फुकुवा गरिएको हो ।” नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए ३२०–२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।


प्रतिक्रिया