`

रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु

Nepal One HD ३१ जेठ २०८१ ७:२०
प्रमुख खबर

बुटवल । रुपन्देहीमा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा बुटवल वडा नम्बर १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा वडा नम्बर ३ की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नुवाकोटबाट बुटवल झर्दै गरेको लु २ च ८५३१ नम्बरको कार भ्यू पोइन्ट नजिकै सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया