`

ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैबाट पेट्रोल पम्प खुल्ने

Nepal One HD ३ असार २०८१ १५:१६
अर्थ समाचार

काठमाडौ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएपछि रोकिएको पेट्रोलियम पदार्थको ढुवानी आजैबाट सुरु हुने भएको छ । निगमसंगको सहमति पछि बिभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिने भएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघ आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सहमत भएको हो ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । ट्याङकर चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापन लगायत ७ बुँदे माग राखेर थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।


प्रतिक्रिया