`

अमेरिकासँगको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको भनाइ

Nepal One HD ९ असार २०८१ १८:३७
विश्व

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाइने बताउनुभएको छ ।

“अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो । हामीले सबै प्रकारका स्पष्टीकरणहरू पायौं, तर आधारभूत अवस्था परिवर्तन भएन ।” नेता नेतन्याहूले मन्त्रिपरिषद् बैठकमा भन्नुभयो । हाँले भन्नुभयो, “मैले अन्तिम दिनमा जे सुनेको छु, त्यसको आलोकमा म आशा र विश्वास गर्दछु । निकट भविष्यमा यो मुद्दा समाधान हुनेछ ।”

उहाँले भन्नुभयो, “महिनौंसम्म यो परिस्थितिमा कुनै परिवर्तन नआएपछि मैले यसलाई सार्वजनिक अभिव्यक्ति दिने निर्णय गरेको थिएँं ।”नेतन्याहूले यसै साताको सुरुमा एक भिडियो वक्तव्य जारी गर्दै ‘इजरायललाई हातहतियार र गोलाबारुद रोकेको’ आरोप अमेरिकामाथि लगाउनुभएको थियो ।

अमेरिकी अधिकारीले नेतन्याहूको भनाइबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् ।इजरायली रक्षामन्त्री योआभ ग्यालेन्ट गाजा युद्धबारे वार्ताका लागि वासिङ्टन उडेका बेला नेतन्याहूको पछिल्लो टिप्पणी आएको हो ।गाजामा हमासका लडाकुसँग लडिरहेको र लेबनानको उत्तरी सीमामा लेबनानी हिजबुल्लाहसँग सशस्त्र लडाईँ जारी रहेको समयमा आफ्नो अस्तित्वका लागि युद्ध लड्न अमेरिकी गोलाबारुदको आवश्यकता रहेको बिहीबार इजरायली प्रधानमन्त्रीले बताउनुभएको थियो ।

वासिङ्टन इजरायलको मुख्य सैन्य समर्थक हो तर ह्वाइट हाउसले इजरायलले आठ महिनाभन्दा बढी समयदेखि हमास लडाकूहरूसँग लडिरहेको गाजामा नागरिकको बढ्दो मृत्युप्रति निराशा व्यक्त गरेको छ ।


प्रतिक्रिया