`

पूर्वी चीनमा कोलियरी ग्यास विस्फोटमा ३७ जनालाई सजाय

Nepal One HD १० असार २०८१ ८:०९
विश्व

पूर्वी चीनको आन्हुई प्रान्तमा कोलियरी ग्यास विष्फोटमा संलग्न ३७ जनालाई कारबाही गरिने राष्ट्रिय खानी सुरक्षा प्रशासनको आन्हुई शाखाले घोषणा गरेको छ । हुवाइहे इनर्जीको क्सियाओ कोइला खानीमा मार्च ११ मा भएको ग्यास विष्फोटको अनुसन्धान प्रतिवेदनमा सजायका लागि सुझाव दिइएको हो ।

दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । अनुसन्धान प्रतिवेदनले ग्यास विस्फोट अपर्याप्त ग्यास नियन्त्रण र अप्रभावी कर्मचारी निकासीका कारण उत्पादन सुरक्षा दुर्घटना भएको बताएको छ ।


प्रतिक्रिया