`

दिल्लीवासीले पानी नपाउँदा सम्म अनिश्चितकालीन अनशन जारी रहने अतिशीको भनाइ

Nepal One HD १० असार २०८१ १९:५९
विश्व

दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी रहने बताउनु भएको छ । उहाँको अनिश्चितकालीन भोक हडताल चौथो दिनमा प्रवेश गरेको छ ।

जलमन्त्री आतिशीले ‘हरियाणा सरकारले दिल्लीलाई विगत तीन हप्तादेखि एक सय एमजीडी कम पानी दिइरहेको बताउँदै जबसम्म दिल्लीवासीले सहज रुपमा पानी पाउँदैनन् त्यतिन्जेलसम्म अनिश्चितकालीन अनशन जारी रहने बताउनु भएको हो । दिल्लीमा पानीको ठुलो अभाव भएकाले आफु अनशनमा बसेको उल्लेख गर्दै दिल्लीसँग आफ्नै पानी नभएकाले सबै पानी छिमेकी राज्यबाट आउने गरेकोमा विगत तीन हप्तादेखि हरियाणाले दिल्लीवासीलाई पानीको आपूर्ति घटाएपछि समस्या बढेको बताउनुभएको छ ।

दिल्लीवासीका लागि दैनिक ४६ करोड लिटर पानीे चाहिने उहाँले बताउनुभयो । हरियाणा सरकारले दिल्लीवासीलाई पानी उपलब्ध नगरेसम्म आफ्नो स्वास्थ्य खराब भएपनि अनशन जारी रहने उहाँको जिकिर थियो । उहाँले हिजो डाक्टर आएर जाँच गर्दा आफ्नो बीपी कम हुँदै गइरहेको ,शरिरमा चिनीको मात्रा कम हुँदै गइरहेको तथा तौल घट्दै गइरहेको बताउदै उहाँले आफ्नो स्वास्थ्य जति खराब भए पनि, संकल्प बलियो रहेको बताउनुभयो ।


प्रतिक्रिया