अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त

विश्व

भारतको राजधानी दिल्लीमा चलिरहेको पानी सङ्कटलाई लिएर दिल्ली सरकारका जल मन्त्री आतिशीको अनिश्चितकालीन भोक हडताल उहाँको स्वास्थ्य बिग्रिएर अस्पतालमा भर्ना भएपछि मङ्गलबार समाप्त भएको छ ।
जल मन्त्रीलाई उहाँको रगतमा सुगरको मात्रा –३६ मा झरेको कारण स्थानीय अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ । आम आदमी पार्टीका अनुसार आतिशीले विगत पाँच दिनदेखि केही खानु भएको छैन ।
दिल्लीमा गर्मीको लहरको बीचमा आतिशीले देशको प्रधानमन्त्री नरेन्द्र मोदीलाई चलिरहेको पानीको अभावबारे पत्र लेखेर सहज पानी प्राप्तीको माग गर्दै जुन –२१ मा भोक हडताल सुरु गर्नु भएको थियो । उहाँले छिमेकी हरियाणाले दिल्लीलाई पर्याप्त पानी नदिएकाले पानीको सङ्कट उत्पन्न भएको जनाउदै आउनु भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट