`

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

Nepal One HD १२ असार २०८१ ८:०९
विश्व

प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले मङ्गलबार गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताउनुभएको छ ।

“मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गुमाउने १० जना बालबालिका छन्”, युएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले भन्नुभयो ।

यी सङ्ख्याहरूमा हात वा पाखुरा गुमाएका बालबालिकाहरू समावेश गरिएको नगरिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया