`

लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपालले नखेल्ने

Nepal One HD १५ असार २०८१ १७:०४
खेलकुद

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नखेल्ने भएको छ ।

अखिल नेपाल फूटबल संघ(एन्फा)ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रतियोगितामा नेपाली टोलीलाई नपठाउने निर्णय गरेको हो । प्रतियोगिता लेबनानमा असार २६ देखि साउन १ सम्म हुने भनिएको थियो ।

नेपालले पहिलो खेल असार २६ मा जोर्डनसँग खेल्ने तालिका रहेको थियो । प्रतियोगितामा नेपालसंगै आयोजक लेबनान, जोर्डन र बंगलादेशले सहभागिता जनाउने बताइएको थियो ।

बंगलादेशलेपनि सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा सहभागिता नजनाउने बताएको छ । प्रतियोगिताको लागि बुधबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका थियो ।


प्रतिक्रिया