चीनद्वारा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

विश्व

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक व्यवस्थापन सेवामार्फत परिष्कृत गर्न डिजिटाइज्ड सवारीसाधन दर्ता गर्ने नीति सुरु गरेको छ ।
चिनियाँ कानूनले सवारी चलाउँदा चालकले सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र दुवै बोक्नुपर्छ ।
मन्त्रालयले सोमबार बेइजिङ र तियानजिनलगायतका ६० सहरमा २१ करोड ५० लाखभन्दा बढी डिजिटलाइज्ड इजाजतपत्र जारी गरेको छ ।
मन्त्रालयले यसको ट्राफिक व्यवस्थापन १२१२३ प्लेटफर्ममा अटो रिप्लेसमेन्ट सब्सिडी कार्यक्रम प्रवर्द्र्धन गर्न अनलाइन ट्राफिक सेवाहरूमा पनि सुधार गरेको छ । यसबाट ६३ हजारभन्दा बढी चालक लाभान्वित भएका छन् ।
सुधारिएको अनलाइन ट्राफिक सेवाले ४० लाखभन्दा बढी व्यक्ति र उद्यमलाई शुद्धता र सुविधा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट