`

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Nepal One HD १ साउन २०८१ ६:२९
समाचार

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले चालु आर्थिक वर्षमा यहाँका आठवटै स्थानीय तहका बालबालिकालाई पूर्णरूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । जिल्लामा रहेका १६ देखि ५९ महिनाभित्रका दुई हजार नौ सय २७ बालबालिकालाई सबै खोप लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया