`

एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरियो

Nepal One HD ८ साउन २०८१ २२:४८
खेलकुद

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकामा जारी प्रतियोगितामो समूह ए मा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो । उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुवात गरेको नेपालले त्यसपछि पाकिस्तान र भारतसँग पराजय भोग्न पुग्यो ।

मंगलबारको खेलमा भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर १७८ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा नेपालको टोली निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रनमा रोकियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक २२ रन बनाउँदा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले । विशाल लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट हुँदा एक चौका प्रहार गरिन् ।

सीतालाई साथ दिन आएकी कविता कुँवर पनि धेरैबेर टिकिनन् । कविताले ११ बलमा ६ रनको पारि खेल्दा एक चौका प्रहार गरिन् । समूह ए बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थानमा बनाएका छन् ।


प्रतिक्रिया