तोलामा चार सयले बढ्यो सुनको मूल्य

अर्थ समाचार

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, बुधबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ।
बुधबार प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट