परियार सेवा समाजको अध्यक्षमा सन्तोष नेपाली चयन


शिवु खनाल, देउखुरी । परियार सेवा समाजको दाङको अध्यक्षमा सन्तोष नेपाली निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको दोस्रो अधिवेशनले सन्तोष नेपालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यमा प्रेम नेपाली, दिलिप परियार, निर्मला परियार, सचिवमा सुशील परियार, सह–सचिवमा प्रदीप परियार, कोषाध्यक्ष दिलिप नेपाली त्यसैगरी बाकीँ सदस्यमा निर्वाचित भएका छन् ।
परियार समाज दाङको अध्यक्ष केशव नेपालीको अध्यक्षता तथा परियार समाज केन्द्रीय अध्यक्ष डिबी पारियारको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । देशभरका परियार वन्धुहरुको साझा संस्था परियार सेवा समाजले परियारहरुको कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको छ ।
अध्यक्ष सन्तोष नेपालीले भने,–‘देशभरमा सबै परियार वन्धुहरुलाई आवद्धगरी सक्रिय बनाएर सामाजिक परिवर्तन र न्यायका लागि संगठित हुनेगरी संस्थालाई अगाडि बढाउने छौं ।’
परियार लामो समय जिल्ला बाहिर काठमाडौं लाई कर्मथलो बनाई विगत केहि वर्षदेखि आफु जन्मेको ठाउँ दाङ जिल्लामा रही आफ्नो पेशा गर्दै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय हुँदै आएका छन् । भर्खरै सम्पन्न अम्किकेश्वरी मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा अत्याधिक मतले विजयी भएका थिए ।