सिन्धुलीको चियाबारीमा बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु

समाचार

सिन्धुली । बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका २ चियाबारी नजिक भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ का उदय मसाङ्ग्री र गोलञ्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल छन् । मृतक मध्ये उदय गोलञ्जोर गाउँपालिका वडा नं. ६ का निर्वाचित वडा सदस्य हुन् ।
उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकोमा ३ जनालाई थप उपचारालागि काठमाडौँ पठाइएको छ ।
दुर्घटनाका गम्भीर घाइते पदम मस्राङ्कीको सिन्धुली अस्पतालमा नै उपचार भइरहेको छ । गोलञ्जोर गाउँपालिकाको हैबारबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट