इरानका राष्ट्रपति राइसी चढेको हेलिकप्टर खराब मौसमका कारण भएको इरानको भनाइ

विश्व

मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ ।
त्रिसठ्ठी वर्षीय राइसी र उहाँको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका लागि मध्यावधि निर्वाचन सुरु भएको थियो ।
राज्य प्रसारक आइआरआइबीका अनुसार हेलिकप्टर दुर्घटनाको आयाम र कारणहरूको अनुसन्धान गर्ने विशेष बोर्डले हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘वसन्त ऋतुमा उक्त क्षेत्रको जटिल मौसम र वायुमण्डलीय अवस्था’ थियो भनेको छ ।
‘अचानक बाक्लो कुहिरोको उदय’ ले हेलिकप्टर पहाडसँग ठोक्किएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मे महिनामा इरानको सेनाले यस्तै किसिमले उक्त दुर्घटनामा आपराधिक गतिविधिको कुनै प्रमाण फेला नपरेको बताएको थियो । दुर्घटनामा रायसीका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको पनि मृत्यु भएको थियो ।
अगस्टमा फार्स समाचार एजेन्सीले मे १९ को दुर्घटनाको मुख्य कारणमा खराब मौसमको अवस्था र सुरक्षा प्रोटोकलविरुद्ध दुई अतिरिक्त यात्रीसहित हेलिकप्टर चढ्न नसक्ने अवस्थालाई उल्लेख गरेको थियो ।
तथापि इरानी सशस्त्र बलहरूले ‘सुरक्षा प्रोटोकलविरुद्ध हेलिकप्टरमा दुई यात्रीको उपस्थितिका बारेमा फार्स समाचारमा उल्लेख गरिएको अवस्थालाई पूर्णरूपमा गलत भएको’ भन्दै उक्त निष्कर्षलाई तत्काल खारेज गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट