`

अवैध लागूऔषध सहित २७ वर्षीय सुमन पक्राउ

Nepal One HD २ असोज २०८१ १८:२०
समाचार

कैलाली, २ असोज- घोडाघोडी नगरपालिका-१ लुहारपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुमन बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया