`

ब्रिक्स नेताहरूले पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न भन्नुपर्छ : इयु

Nepal One HD ७ कार्तिक २०८१ २०:३४
विश्व

युरोपेली सङ्घ (इयु) ले बुधबार रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी नेताहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘तुरुन्त युद्ध अन्त्य गर्न’ भन्न आग्रह गरेको छ ।

पुटिनले चीन, भारत, टर्की र इरान लगायतका देशका २० जना विश्व नेता र संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई रुसमा स्वागत गरिरहनुभएको छ ।

मध्य शहर कजानमा भएको यो बैठक पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक भेला हो र यसले मस्कोले पश्चिमी एक्ल्याउने प्रयासहरूलाई पार गरेको देखाउने लक्ष्य राखेको छ ।

“कजान शिखर सम्मेलनका सबै सहभागीहरूले यो अवसरको उपयोग पुटिनलाई फेरि एकपटक युक्रेनी जनताविरुद्धको युद्ध तुरुन्त अन्त्य गर्न आह्वान गर्न गर्नेछन् भन्ने हामी विश्वास गर्छौँ”, इयुका प्रवक्ता पिटर स्टानोले भन्नुभयो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्टको सामना गरिरहनुभएका पुटिनले शिखर सम्मेलनमा ‘बहुध्रुवीय विश्व व्यवस्था’ बन्दै गरेको बताउनुभयो ।

पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थता गर्न ब्रिक्स नेताहरूको प्रस्तावलाई स्वागत गर्नुभएको र उनीहरूलाई मस्कोका सेनाहरू युद्धक्षेत्रमा अघि बढिरहेको जानकारी दिनुभएको उहाँका प्रवक्ताले बताउनुभयो ।

इयुका प्रवक्ता स्टानोले पत्रकार सम्मेलनमा भने कि सबै नेताहरू ‘जहाँ चाहन्छन् त्यहाँ यात्रा गर्न स्वतन्त्र छन्’ भन्नुभयो ।

यद्यपि उहाँले इयुमा प्रवेशको प्रयास रोकिएको भए पनि उम्मेदवारका रूपमा रहेको टर्कीलाई इयुको अवस्था ‘रुसलाई अन्तर्राष्ट्रिय रूपमा सकेसम्म अलगथलग’ रहेको स्मरण गराउनुभयो ।


प्रतिक्रिया