`

नेपाल प्रहरीका डीआइजीद्वय कडायत र केसी एआइजीमा बढुवाका लागि सिफारिस

Nepal One HD १७ पुष २०८१ २१:३३
प्रमुख खबर

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले डीआइजी कुबेर कडायत र रविन्द्र केसीलाई एआइजी बढुवामा सिफारिस गरेको हो । कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत छन् ।


प्रतिक्रिया