`

भ्रष्टाचार नियन्त्रणसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाऔँः महामन्त्री थापा

Nepal One HD १८ पुष २०८१ १३:२९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नियन्त्रण हल्लाको विषय नभएको बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले निर्दोष नफस्ने र दोषी नउम्कने गरी काम गर्नुपर्ने बताएका हुन् ।

उनले आवश्यक परे शक्तिशाली आयोग बनाएर जानुपर्ने बताए । महामन्त्री थापाले अहिले कसैलाई धम्क्याउनका लागि फाइल खोल्छु भन्ने गरिएको भन्दै यसले भ्रष्टाचार नियन्त्रण नहुने बताए । उनले भने, ‘फाइल खोल्छु भनेको सुन्दा सुन्दा आजित भइसक्यौं । कुन फाइल खोल्ने हो ? शेरा दरबार, ललिता निवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ ।’

उनले बहालवाला प्रधानमन्त्री, आफ्नो पार्टीका सभापतिसहित शीर्ष नेता बसेर सहमतिमा पुग्न पनि आग्रह गरे ।

उनले भने, ‘भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउने भए बनाऔँ । पूर्व/बहालवाला प्रधानमन्त्री, सांसदको सम्पति छानबिन गर्न आयोग बनाउने हो ? बनाऔँ । यस विषयमा सल्लाह गरौं । तर तेरो फाइल खोलिदिन्छु भनेर भाषण गर्न छाडौं ।’


प्रतिक्रिया