`

सशस्त्र प्रहरीले माग्यो एक हजार भन्दाबढी कर्मचारी

Nepal One HD १९ पुष २०८१ ८:१६
प्रमुख खबर

काठमाडौं । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकदेखि प्रहरी परिचरसम्मका कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीको मानवस्रोत विभागले कुल एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो ।

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २५ जना केशकर्तक र १४ जना चर्मकर्मी माग गरिएको हो ।


प्रतिक्रिया