`

एमालेको केन्द्रीय कमिटी बैठक सुरु(फोटोफिचर)

Nepal One HD २१ पुष २०८१ १२:४२
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । गत असारमा अध्यक्ष ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ । ओलीको प्रतिवेदनमाथि यस पटक हरेक केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।


प्रतिक्रिया