`

लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा उपस्थित

Nepal One HD २४ पुष २०८१ १२:३४
प्रमुख खबर

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलीकी पत्नी अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी छन् ।

कोइराला बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कोइराला अदालतमा उपस्थित भएको जानकारी दिए ।

मोरङको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला यसअघि फरार थिइन् । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । विराटनगरको विराट रात्रि माविकी शिक्षिका रहेकी कोइराला मुद्दा दायरपछि फरार थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने भएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।


प्रतिक्रिया