`

दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा

Nepal One HD २५ पुष २०८१ १९:२८
प्रमुख खबर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आपराधिक लाभ र संगठित अपराध कसुरमा अदालतले ३ लाख धरौटी माग गरेको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंसँग तीन लाख धरौटी माग गरेको हो । प्रसाईं धरौटी बुझाए रिहा भएका छन् ।

त्यस्तै अदालतले हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी मागेको छ । प्रसाईंले नै फुयाललाई भारतमा धम्क्याउनका लागि परिचालन गरेको आरोप लागेको थियो ।


प्रतिक्रिया