`

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Nepal One HD २६ पुष २०८१ १८:०५
प्रमुख खबर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी थिए ।


प्रतिक्रिया