`

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित

Nepal One HD २८ पुष २०८१ ९:४७
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएकाले लामिछाने आइतबार जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका थिए । जिल्ला अदालतमा सुरुमा उनको बयान हुनेछ ।

त्यसपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ । स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।


प्रतिक्रिया