इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद


गत वर्ष डिसेम्बरको मध्यमा सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको पतन पछि इजरायली सेनाले सिरियाबाट तीन हजार ३०० भन्दा बढी हतियार बरामद गरेको दाबी गरेको छ ।
सेनाका अनुसार हतियारमा आर्मी ट्याङ्क, एन्टिट्याङ्क, आरपीजी लन्चर, शेल्स मोर्टार, मोर्टार बम, निगरानी उपकरण र अन्य हतियार समावेश छ ।
यो विकास इजरायलले आफ्नो सिमाना सुरक्षित गर्न र छिमेकी देशहरूबाट हुने खतरासँग जुध्न गरेको व्यापक प्रयासको एक हिस्सा हो । गाजा, लेबनान र सिरियाका युद्ध क्षेत्रहरूमा इजरायलको सेनाले एक लाख ७० हजार हतियार र अन्य वस्तुहरू कब्जा गरेको दाबी गरेको छ ।
यसैबीच, गत महिना राष्ट्रपति बसर अल–असद परिवारको दशकौं लामो शासनको अन्त्य गर्ने नयाँ सिरियाली सरकारले देशको पूर्वाधार र अर्थव्यवस्थाको पुनर्निर्माण गर्न धनी खाडी मुलुकहरूबाट लगानी खोजिरहेको छ ।
सिरियाको अर्थतन्त्र एक दशकभन्दा बढीको युद्धले नराम्ररी प्रभावित भएको छ । सरकारले आर्थिक पुनरुत्थानको लागि लगानी आकर्षित गर्ने आशा गरेको छ ।
अल जजीराका अनुसार १३ वर्षको युद्ध र व्यापक भ्रष्टाचारपछि सिरियाको स्वास्थ्य सेवा पूर्वाधार जीर्ण अवस्थामा छ ।
नयाँ सरकारका नेताहरूले पनि आर्थिक सुधार र अन्य देशहरूसँग विशेष साझेदारी निर्माण गर्न विदेशी अधिकारीहरूसँग भेट गर्दैछन् ।
भर्खरै, सिरियाली नेता अहमद अल–शारा लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग भेटे । दुई नेताहरूले लेबनानमा ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई घर जान सक्षम पार्ने तरिकाहरूबारे छलफल गर्नुभयो ।