`

कानुन व्यवसायीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न बार एसोसिएसनको माग

Nepal One HD ३ माघ २०८१ १३:५८
प्रमुख खबर

काठमाडौं । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा आक्रमण गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी बारले बुधबार सहकारी पीडितको पक्षमा वहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गाली गलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारबाही गर्न र कानून व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछ ।’

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताले त्रिपाठीमाथि हातपात गरेका थिए । त्रिपाठीमाथिको आक्रमणको सर्वत्र आलोचना भइरहेको छ ।


प्रतिक्रिया