`

पूर्वडीआईजी जोशी अदालतमा उपस्थित

Nepal One HD ६ माघ २०८१ ११:३२
प्रमुख खबर

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । आइतबार जोशी अदालतमा उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ । जोशीको मुद्दाको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।


प्रतिक्रिया