`

इजरायलमा बन्धक मुक्तपछि परिवार पुनिर्मिलनको भावुक क्षण(तस्बिरमा)

Nepal One HD ७ माघ २०८१ ९:४७
प्रमुख खबर

काठमाडौं । इजरायल–हमास युद्धविराम सम्झौता लागू भएसँगै हमासले सुरुमा तीन बन्धक रिहा गरेको छ । त्यसको सट्टामा इजरायलले ९० जना प्यालेस्टिनीलाई रिहा गरेको छ । युद्ध विराम सुरु भएकोमा खुसीयाली छाएकोमा बन्धक रिहा भएपछि भने दुबै तर्फ झनै खुसीयाली छाएको छ । रिहा भएपछि उनीहरुले आफन्त भेट्दाको खुसी साटिरहेका छन् ।

हमासले एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती छन् । युद्ध रोकिएपछि गाजा क्षेत्रबाट विस्थापित भएकाहरु पनि आफ्ना घरमा फर्किरहेका छन् ।

तस्बिरः एएफपी


प्रतिक्रिया