`

लेखा समिति सभापति पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिन माओवादीको सुझाव

Nepal One HD ८ माघ २०८१ १३:१४
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको सार्वजनिक लेखा समतिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

समितिको मंगलबारको बैठकमा माओवादीले सभापति विवादित बनेको भन्दै राजीनामा मागेको हो । बैठकमा माओवादी सांसद लेखनाथ दाहालले लेखा समितिले दायित्व बहन गर्न नसकेको र सभापति स्वयं विवादमा परेकाले राजीनामा दिन सुझाव दिए ।

त्यस्तै उनले सभापति सरकारको लाचार छायाँ बनेको आरोपसमेत लगाए । उनले सभापतिले उजुरीहरु डम्पिङ गरेर राखेर छलफल नगराएको आरोपसमेत लगाए ।

उनले सभापतिको श्रीमती र स्वकीय सचिव भ्रष्टाचार मुद्दामा जोडिएकाले सभापतिले नैतिकता देखाउनुपर्ने बताए ।

उनले भने, ‘सभापति नैतिक हिसाबले कमजोर हुनुभयो । सहकारीमा श्रीमती र भ्रष्टाचारमा स्वकीय सचिव जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ । नैतिक प्रश्न जोडिएपछि मार्ग प्रशस्त गर्दिनुस् ।’


प्रतिक्रिया