`

तोलामा तीन सयले घट्यो सुनको मूल्य

Nepal One HD १४ माघ २०८१ ११:१६
अर्थ समाचार

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया