`

माघ महिनामा प्रतिनिधिसभाको बैठक ६ दिनमात्र बस्ने, यस्तो छ सम्भावित कार्यसूची

Nepal One HD १५ माघ २०८१ १५:०४
प्रमुख खबर

काठमाडौं । संसदको हिउँदे अधिवेशन १८ माघदेखि सुरु हुँदैछ । १८ माघदेखि सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिन संसदलाई प्रधानमन्त्री केपी शर्मा ओली, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ ।

मंगलबार कार्य व्यवस्था परामर्श समितिले प्रतिनिधिसभा र संसदीय समितिका बैठकको कार्यतालिका तयार पारेको छ । कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक माघ महिनामा ६ दिन मात्रै बस्नेछ ।

प्रतिनिधिसभाको बैठक १८, २४, २५, २७, २८ र २९ माघमा बस्नेछ । यस्तै, माघ महिनामा पाँच दिन संसदीय समितिका बैठक बस्नेछन् ।


प्रतिक्रिया