`

शेयर बजारमा दोहोरो अंकको वृद्धि

Nepal One HD १५ माघ २०८१ १५:३१
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से २४.५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ ।

नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको शेयरमा वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ९ अर्बको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया