`

सुनको मूल्यमा सामान्य गिरावट

Nepal One HD १७ माघ २०८१ १०:५८
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया