`

राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

Nepal One HD १७ माघ २०८१ २१:५३
अन्तर्वार्ता/बिचार

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश समाजले जनाएको आपत्तिको प्रतिरक्षा गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश पनि सार्वजनिक व्यक्ति भएकाले उसले गरेको काम कारबाहीबाट स्वच्छ टिप्पणी गर्न पाइने दाबी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अरू निकाय सरह न्यायाधीशलाइ पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन। न्यायाधीश पनि सार्वजनिक जबाफदेहिताको पद हो । न्यायाधीश पनि सार्वजनिक जबाफदेहिताको पद हो तसर्थ न्यायाधीश पनि आफ्नो कार्य वा अकार्यका लागि सार्वजनिक जवाफदेहिता एव प्रश्नबाट भाग्न मिल्दैन । यो निरन्तर सार्वजनिक निगरानीमा रहन्छ ।’

यस्तो त्रिपाठीले जारी गरेको विज्ञप्ति


प्रतिक्रिया