`

बबरमहलको क्षतिग्रस्त सडक यथाशिघ्र पुनस्थापना गरिदिन केयूकेएललाई सडक डिभिजनको आग्रह

Nepal One HD १ फागुन २०८१ १७:१४
प्रमुख खबर

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले बुधबार काठमाडौंको बबरमहलमा खानेपानीको पाइप फुटेर क्षतिग्रस्त भएको सडक पुनर्निर्माण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरेको छ ।

डिभिजन सडकले बिहीबार केयूकेएललाई पत्र लेख्दै क्षतिग्रस्त सडक पुनर्निर्माण गरी जस्ताको तस्तै बनाउन आग्रह गरेको हो ।

बुधबार पानीको पाइप फुटेर सडक क्षतिग्रस्त भएको थियो भने बबरमहल क्षेत्र डुबानमा परेको थियो । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि बिहीबार मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।


प्रतिक्रिया