`

हुलाकी सडक निर्माणमा एमाले अध्यक्षको योगदानलाई मधेसी जनताले महसुस गरेका छन्ः महासचिव पोखरेल

Nepal One HD ४ फागुन २०८१ १०:३६
अन्तर्वार्ता/बिचार

शंकर पोखरेल ।
हुलाकी सडक तराईका सदरमुकामहरुलाई आधार बनाएर निर्माण गरिएको सूचनासंचारको परम्परागत मार्ग हो । त्यतिबेला हुलाक नै सूचना र संचारको सबैभन्दा प्रभावकारी माध्यम थियो । त्यही परम्परागत हुलाकी मार्ग पछि गएर कच्ची सड़क संजालका रुपमा विकास भयो । उक्त हुलाकी सडकलाई मधेसी जनताको लाईफ लाईन मानिन्थ्यो । विकासको क्रममा धेरैतिर पक्की सड़कहरु बने । तर तराइ मधेसमा जनताको सघन वसोवास भएर गुज्रने हुलाकी सडक बन्न सकेन ।

मधेसी जनताको गुनासो रहने नै भो । खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइयो । तर पनि लामो समयसम्म उक्त सडक बन्न सकेन । हुलाकी सडकका नाममा भारतीय सहयोगमा राजनीतिक स्वार्थ आधारित उत्तर दक्षिणका स्थानीय सडक बने । त्यसमा पनि स्थानीय जनताको गुनासो हुने नै भयो ।

संविधानसभावाट नयाँ संविधान जारी भएपछि मधेसमा त्यसका विरुद्धमा आन्दोलन भयो । नाकाबन्दीको समेत नेपालले सामना गर्नुपर्यो । त्यस कुरालाई नेकपा(एमाले) नेतृत्वले गम्भीरतापूर्वक लियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनु भो । भारत सरकारबाट प्राप्तहुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैंले सडक बनाउने संकल्प गर्नुभो । भारत सरकारलाई सहमत गराउनुभयो । आज मधेसको लाईफलाईको रुपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् ।

हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौं भनिएको मधेस प्रदेशमा आज नेकपा(एमाले) सबैभन्दा ठूलो दल बनेको छ । हुलाकी सडक यतिबेला नेपालको सडक संजालको महत्वपूर्ण हिस्सा बनेको छ ।


प्रतिक्रिया