`

मकवानपुरको मरुङगेमा गैँडाको आक्रमणबाट एक घाइते

Nepal One HD १७ फागुन २०८१ १९:२३
समाचार

हेटौँडा, १७ फागुनः मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उहाँलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया