`

नाइजरमा बाढीका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित

Nepal One HD १८ फागुन २०८१ ७:३९
विश्व

गत वर्ष नाइजरमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण १५ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । बाढीका कारण नाइजरमा झन्डै ४०० जनाको ज्यान गएको छ ।
“बाढीले सन् २०२४ को अवधिमा ३९६ जनाको ज्यान लियो,” आन्तरिक मन्त्री मोहम्मद तोम्बाले बताउनुभयो ।

“अन्य ४०५ जना घाइते भएका छन् । दुई लाख भन्दा बढी घरहरू प्रभावित भएका छन् ।”नाइजरमा जलवायु परिवर्तनले गम्भीर खडेरी र मुसलधारे वर्षा जस्ता चरम मौसमी घटनाहरूको सम्भावना, तीव्रता र लम्बाइ बढाउँदैछ । यहाँ चर्को खडेरीले स्थितिलाई अझ खराब बनाएको छ ।

राष्ट्रिय मौसम विज्ञान कार्यालयका अनुसार देशका केही भागमा गत वर्षको तुलनामा २०० प्रतिशत बढी वर्षा भएको छ ।विपद् व्यवस्थापन मन्त्रालयका अनुसार दोसो, मराडी र जिन्डरको दक्षिणी क्षेत्र र तौवाको पश्चिमी क्षेत्र विशेष गरी नराम्ररी प्रभावित भएको छ ।

जिन्दरमा वर्षाका कारण माटोको इँटाले बनेको १९ औं शताब्दीको मस्जिद भत्किएको थियो । यो अगाडेज मस्जिद पछि देशको सबैभन्दा धेरै भ्रमण गरिएका ठाउँहरू मध्ये एक थियो ।
राजधानी नियामी समेत वर्षाका कारण सडकमा क्षति पुगेको छ ।गत वर्षको वर्षाले एक लाख ५८ हजार भन्दा बढी घरहरू ध्वस्त पारेको थियो । साथै, ३१ हजार गाईवस्तुको मृत्यु भएको थियो ।


प्रतिक्रिया